ब्रेन क्यान्सरबाट पिडित डोटीका २८ वर्षिय युवा जंग बहादुर बोगटीका लागि आर्थिक सहयोग तिब्र रुपमा जुटिरहेको छ । आज मात्रै उनले अध्यापन गराएको स्कुल राइजिङ्ग स्टार बो.स्कुलले ५६,१६५ रुपयाँ संकलन गरेको जनाएको छ । सो विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक शिक्षिकाहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर जम्मा गरेको विद्यालयका निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

२०८१ साल चैतदेखि भारतको अहम्दावादमा उपचारार्थ बोगटीको हालसम्म २० लाख रुपयाँ खर्च र्भपनि निको भएको छैन । उनलाई चिकिस्तकले डिस्चार्ज गरेर आफन्तसँग भेटघाटका लागि लैजान परिवारजनलाई अनुमति दिएको परिवार स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?