४ श्रावण,२०८२ : डेनमार्कमा आयोजना हुने डाना कपमा नेपाली रेफ्री लक्ष्मी श्रेष्ठले रेफ्रीकोे भूमिका निर्वाह गर्ने भएकी छन् । डेनमार्कमा डाना कप सन् १९८२ देखि सुरु भएको प्रतियोगीता हो । हो । प्रतियोगिताको लागि एन्फा राष्ट्रिय रेफ्री लक्ष्मी शनिबार नै त्यसतर्फ प्रस्थान गरेकी छन् । उनी लगातार चौथो पटक डाना कप खेलाउँदै छिन् । सुदूरपश्चिम प्रदेशको धनगढीबाट विगत एक दशक भन्दा बढी समयदेखि फुटबलजन्य गतिविधिमा सकृय लक्ष्मी अनुभवी रेफ्रीको रुपमा चिनिन्छन ।

अघिल्ला वर्षमा जस्तै यस पटक पनि नेपालबाट ठूलो सहभागिता रहने पक्का भएको छ । औरियम एकेडेमीको नेतृत्वमा नेपालका तीन टोलीले सहभागिता जनाउने पक्का भइसकेको छ । यस्तै रातो बंगला स्कुलका यु-१२ पुरुष र यु-४ महिला तथा संस्कृति इन्टरनेसनल स्कुल र काष्ठमण्डप विद्यालयको यु-४ तथा लुम्बिनी फुटबल एकेडेमीको यु-१६ पुरुष टिम सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा ९० प्रतिशत भन्दाबढी टोली विदेशी रहने आयोजकले जनाएको छ । युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?