You are currently viewing त्रिकोणात्मक ट्वान्टी-२० मा आज पुनः नेदरल्यान्ड्ससँग भिड्दै नेपाल /@NEP vs NED /T20

त्रिकोणात्मक ट्वान्टी-२० मा आज पुनः नेदरल्यान्ड्ससँग भिड्दै नेपाल /@NEP vs NED /T20

असार ५,धनगढी : स्कटल्याण्डमा जारी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । नेपाल बिहीबार अर्थात आज नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । खेल स्कटल्यान्डको टिटउट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेश्रो सुपर ओभरमा पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यानन्डलाई दुई विकेटले हराएको थियो । स्कटल्याविरुद्धको पहिल्लो खेलमा सन्दीपले चार विकेट लिँदा कुशलले ३० रन बनाएका थिए । यता स्कट एडवार्डसको कप्तानीमा रहेको नेदरल्यान्ड्स पनि लगातार तेस्रो जितको लक्ष्यमा छ ।

पहिलो खेलमा स्कटल्यान्डसँग पराजित नेदरल्यान्ड्सले त्यसपछिका दुई खेलमा नेपाल र स्कटल्यान्ड विरुद्ध जित दर्ता गरेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म १४ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले पाँच र नेदरल्यान्ड्सले आठ खेल आफ्नो पक्षमा परेका छन् । एक खेल भने विना नतिजा टुंगिएको छ ।

Leave a Reply