You are currently viewing दीपेन्द्र सिंह ऐरी अब विश्व न.२ अलराउण्डर | DipendraSinghAiree

दीपेन्द्र सिंह ऐरी अब विश्व न.२ अलराउण्डर | DipendraSinghAiree

१४ श्रावण,२०८२ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् ।

यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् । टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान तल झरेको छ। टि ट्वान्टी आई तर्फ नै कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ वरीयता भने बढेको छ । टि ट्वान्टी आईको बलिङ तर्फ भने ललित नारायण राजवंशीले दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply