धनगढीमा भू-उपयोग क्षेत्र वर्गीकरणको कित्तागत विवरण संशोधनका लागि निवेदन आह्वान

धनगढी, साउन २० – धनगढी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी कित्तागत विवरण संशोधन गर्न आवश्यक परेका जग्गाधनीलाई निवेदन दिन आग्रह गरेको छ।

स्थानीय भू–उपयोग परिषद्को २०८३ असार ३० गतेको निर्णय बमोजिम २०८३ साउन ४ गते प्रकाशित १५ दिने सार्वजनिक सूचनापछि वडा कार्यालयबाट प्राप्त सिफारिस, कित्ता कटानलगायतका प्राविधिक कारण तथा सेवाग्राहीको सुविधालाई दृष्टिगत गर्दै थप संशोधनको अवसर प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी विवरणमा संशोधन आवश्यक परेका जग्गाधनी वा निजका आधिकारिक प्रतिनिधिले आवश्यक आधार, कारण र प्रमाण कागजातसहित धनगढी उपमहानगरपालिकाको भूमि शाखामा कार्यालय समयभित्र निवेदन दिनुपर्नेछ।

सूचनासँग समावेश गरिएको QR Code स्क्यान गरी सम्बन्धित जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी विवरण पनि हेर्न सकिने जनाइएको छ।

उपमहानगरपालिकाले २०८३ भदौ ३ गते कार्यालय समयभित्र निवेदन दर्ता गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top