१७ श्रावण,२०८२ः नेपाल सम्मिलित टप इण्ड टी–२० शृङ्खला खेल्ने आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकको टोली घोषणा भएको छ ।
अस्ट्रेलियामा अर्को महिना हुने शृङ्खलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको सिकागो किङ्ग्सम्यान अन्तर्राष्ट्रिय टोलीका रुपमा रहेका छन् । शृङ्खलामा अन्य बीग बास एकेडेमी टोलीहरु सहभागी हुनेछन् । आयोजक नर्दन टेरिटोरी स्ट्राइकले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गरिसकेका डार्सी शर्ट, केन रिचर्डसनलगायत छन् । प्रतियोगिता यही अगस्ट १४ देखि २४ तारिखसम्म हुनेछ ।

नेपाली टोलीले स्ट्राइकसँग अगस्ट १५ तारिखमा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि दोस्रो खेल अगस्ट १६ मा बङ्गलादेश ‘ए’ सँग, तेस्रो खेलमा अगस्ट १८ मा मेलवर्न स्टारको एकेडेमी टोलीसँग, चौथो खेलमा अगस्ट १९ मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग, पाँचौं खेलमा अगस्ट २० मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग र समूह चरणको छैटौं खेलमा अगस्ट २२ मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।
त्यसअघि अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ को बीच उद्घाटन खेल हुनेछ । लिग चरणको शीर्ष–४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल अगस्ट २४ मा हुनेछ । नर्दन टेरिटोरी स्ट्राइकको टोली ः आर्ची म्याककोर्मिक, क्याडेल म्याकमोहन, चार्ली स्मिथ, कोनर क्यारोल, डार्सी शर्ट, हामिश मार्टिन, जेकब डिकम्यान, जय अलम्यान, जेक वेदरल्ड, जोर्डन सिल्क, केन रिचर्डसन, म्याट ह्यामन्ड, साम एल्डर, टम एन्ड्रयूज, टम मेन्जीज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?