You are currently viewing पुलिस स्कुलमा गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय यू–१६ छात्र फुटबल प्रतियोगिता हुँदै

पुलिस स्कुलमा गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय यू–१६ छात्र फुटबल प्रतियोगिता हुँदै

नेपाल पुलिस स्कुल बेलचौतरामा यू–१६ छात्र फुटबल प्रतियोगिता हुने भएको छ । स्कुलले गण्डकी प्रदेशस्तरीय अन्तर विद्यालय प्रतियोगिता आयोजना गरेको हो । मंसिर १७ देखि २१ गतेसम्म शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको स्कुलको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । नकआउट प्रणालीमा हुने प्रतियोगितामा पहिला दर्ता हुने १६ टिमलाई प्रतिस्पर्धा गराइने विद्यालयका प्राचार्य रामचन्द्र शाहीले बताए । मनाङ र मुस्ताङबाहेकका जिल्लाबाट प्रतिस्पर्धी टोली आउने अनुमान गरिएको छ ।

प्राचार्य शाहीका अनुसार प्रतियोगितको विजेताले नगद ५० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

सर्वोत्कृष्ट खेलाडी नगद ४ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । उत्कृष्ट श्रेष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही २ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र दिइने स्कुलले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गण्डकीमा फुटबलको क्रेज विस्तारै घट्दै गइरहेकाले खेलाडी उत्पादनमा सघाउन प्रतियोगिता आयोजना गरेको नेपाल पुलिस स्कुलका समादेश प्रहरी निरीक्षक दिनेश गौतमले बताए । ‘विद्यार्थीको खेल क्षेत्रमा अभिरुची बढाउनुका साथै उनीहरुको प्रतिभालाई उजागर गर्दै भोलीका दिनमा खेललाई व्यवसायीक रुपमा लैजाने माध्यम हुनेछ’, उनले भने । विद्यालयबीच खेलको माध्यमबाट सम्बन्ध विस्तारमा सघाउने उनको भनाइ थियो । युवा खेलाडीलाई सक्षम र आत्मविश्वासी बनाउने लक्ष्य रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply