You are currently viewing प्रधानमन्त्री ओलीद्वारा कैलालीको कटाँसेमा सिंचाइ र ४.७१ मेगावाट जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा कैलालीको कटाँसेमा सिंचाइ र ४.७१ मेगावाट जलविद्युतको उद्घाटन

१३ श्रावण,२०८२ : प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तरगत निर्माण सम्पन्न भएको सिंचाइ योजना र जलविद्युत तथा प्रशारण लाइनको उद्घाटन गरेका छन् । कैलालीको जानकी गाउँपालिकाको कटासेमा रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तरगत दोस्रो चरणमा निर्माण सम्पन्न भएको सिंचाइ र जलविद्युत तथा प्रशारण लाइनको मंगलबार विधिवत रुपमा उद्घाटन गरेका हुन् । हेलिकोप्टरमार्फत कैलाली आइपुगेका प्रधानमन्त्री ओलीले रानी जमरा कुुलरिया सिंचाइ आयोजना अन्तरगत दोस्रो चरणमा सम्पन्न भएको १४ हजार तीन सय हेक्टर सिंचाइ योजना र ४.७१ मेगावाटको जलविद्युत तथा प्रशारण लाइनको उद्घाटन गरे ।

राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तरगतको दोस्रो चरणको काम आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएको थियो तर गुरुयोजना अद्यावधिक गरेका कारण पुुँजीगततर्फ ६९ दशमलव ५५ प्रतिशत र भौतिकतर्फ ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । असार मसान्तसम्म कुल २९ अर्ब ५९ करोड ७७ लाख बजेट खर्च गर्ने अख्तियारी प्राप्त भएपनि २० अर्ब ५८ करोड ५६ लाख मात्रै खर्च भएको छ ।

प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएर पूरा भएको काममा भने नेपाल सरकारले ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकले ९ अर्ब ३५ करोड २३ लाख बजेट खर्च गरेको छ । दोस्रो चरणको आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिंचाइ सुविधा विस्तार भएको प्रधानमन्त्री ओलीले बताए भने ४.७१ मेगावाटको विद्युत् उत्पादन भएर प्रशारण लाइनमा जोडिएको छ ।

आयोजनाका अनुसार लम्कीतर्फको साढे १४ किलोमिटर मूल नहर बनिसकेको छ । शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार हुनेछ । उक्त काम सकिएपछि रानी जमरा कुलरिया सिंचाइ आयोजनामार्फत कैलालीको कुल २० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार हुनेछ ।

सिंचाइ र जलविद्युतको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तरगत निर्माण भएको सिंचाइ र जलविद्युतलाई योजनाबद्ध प्रयास सफल भएको बताए ।

उनले जलविद्युतले उज्यालो नेपाल अभियानलाई सघाउने र सिंचाइले कृषियोग्य भूमि सिंचित गर्न टेवा पुग्ने उल्लेख गरे । सिंचाइ र जलविद्युतको उद्घाटन गर्नुअघि प्रधानमन्त्री ओलीले रानी जमरा कुलरिया सिंचाइ आयोजनाको मुख्य नहरको मूल इन्टेकको निरीक्षण समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply