You are currently viewing बाजुरामा स्याउ पाक्यो, तर सडक अवरुद्धहुदा किसान समस्यामा

बाजुरामा स्याउ पाक्यो, तर सडक अवरुद्धहुदा किसान समस्यामा

१९ भाद्र,धनगढीः स्याउले बारी राताम्य भए पनि किसानलाई खुसी दिन सकेको छैन् । बाजुराको मार्तडी–कोल्टी सडक असार महिनादेखि नै अवरुद्ध भएपछि अहिले बारीमै थन्किएको स्याउ बेच्ने सम्भावना हराएको छ ।
बुढीनन्दा नगरपालिकाका किसान मानबहादुर रावतका अनुसार भदौको पहिलो हप्तादेख अन्तिमसम्म स्याउ पूर्ण रूपमा पाक्छ । तर त्यस अवधिभित्र बजारसम्म पु¥याउन नसके स्याउ सड्ने जोखिम बढेको छ । बाजुराको बडिमालिका, गौमुल, खप्तड छेडेदह, बुढीगङ्गाजस्ता पालिकामा सानो मात्रामा उत्पादन हुने भए पनि स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दामा भने व्यावसायिक रूपमा स्याउ खेती बढिरहेको छ । किसानहरूले हाल स्थानीय जातसँगै गोल्डेन गाभा, डेलिसियस र फुजी गाला जातका स्याउ पनि लगाउन थालेका छन् ।
गत वर्ष खच्चडमार्फत ढुवानी गर्न अनुदान व्यवस्था गरेको कृषि ज्ञान केन्द्र बाजुराले यस वर्ष त्यस्तो सहयोग गर्न नसकेको जनाएको छ । अहिले जिल्लामा करिब १७० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ भने गत वर्ष करिब १,०२० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । सडक खुलाउन डोजर परिचालन गरिएको भए पनि लगातार वर्षाले काम रोकिँदा किसान थप समस्यामा परेको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply