राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) वरिष्ठ उपाध्यक्ष तथा रास्वपाले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको लागि अघि सारिएका उम्मेदवार बालेन शाहको चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।
बालेनको चुनावी प्रचारमा लुम्बिनी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाका पुगेर स्थलगत रिपोर्टिङ गरिरहेका उनी अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटौलाको शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिएको थियोे । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?