You are currently viewing बैतडीमा बञ्चरो प्रहार बाट आफ्नै काकीको हत्या

बैतडीमा बञ्चरो प्रहार बाट आफ्नै काकीको हत्या

२३ भाद्र,२०८२ः बैतडीमा एक जनाले बञ्चरो प्रहार गरेर आफ्नै काकीको हत्या गरेका छन् ।
जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदाका ३० बर्षीय यज्ञसिंह धामीले आफ्नै काकी अन्दाजी ३४ बर्षीय बेलमती धामीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।


आइतबार राति करीब साढे ११ बजेको समयमा बेलमती सुतिरहेको अवस्थामा यज्ञले बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । मृतक धामीको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने हत्यामा संलग्न यज्ञसिंह धामीलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको बताइएको छ ।


घटनाका बिषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्व टोली खटिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । यज्ञले आफ्नै काकीको हत्या गर्नुको कारण भने खुलीसकेको छैन् । एकल महिला समेत रहेकी मृतक बेलमती धामीका ४ छोरी र एक छोरा रहेका छन् । भतिजाले बञ्चरो प्रहार गरेर काकीको हत्या गरेपछि अहिले गाउँमा त्रास फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply