२भाद्र २०८२ः नेपालका मनिष तिमल्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । उनले सोमबारबाटै प्रशिक्षण सुरु गराएका छन्।
अफगानिस्तानले काफा नेसनल कपका लागि ताजकिस्तानमा अभ्यास सुरु गरेको छ। टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । यससँगै नेपाली राष्ट्रिय फुटबल टोलीमा पनि काम गरिसकेका मनिष विदेशी राष्ट्रिय टोलीमा प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । यसअघि बालगोपाल महर्जनलगायत केही प्रशिक्षकले विदेश क्लब भने हेरेका थिए ।
मनिषले यसअघि नेपालको राष्ट्रिय टोलीका साथै विभिन्न उमेर समूह, मनाङ मस्र्याङदी क्लब तथा भारतको पन्जाब एफसी,गोकुलम केरला जस्ता टोलीमा पनि गोलपिकर प्रशिक्षक भएर काम गरिसकेको छ । एक दशक यता प्रशिक्षणमा संलग्न मनिष एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली पनि हुन् । उनले भने ‘एउटा नयाँ जिम्मेवारी पाएको छु। व्यवसायिक प्रशिक्षक भएपछि यसलाई स्वीकार गर्नुपर्छ । प्रशिक्षक मनिषले एन्फाले माग गरेको अवस्थामा देशमै उपलब्ध हुने पनि बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?