मुख्य प्रशिक्षक म्याथ्यु रोसद्वारा नेपाली टिमका लागि ३९ खेलाडीको छनोट आह्वान

२४ श्रावण,२०८२ः  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याथ्यु रोसले ३९ खेलाडीलाई छनोटका लागि बोलाएका छन् ।
अखिल नेपाल फुटबल संघ–एन्फाले मुख्य प्रशिक्षक रोसले सिनियर टिमको छनोटका लागि खेलाडी बोलाएको जानकारी दिएको हो ।
छनोट आइतबारदेखि मंगलबारसम्म हुनेछ । रोसले गोलकिपमा विशाल सुनार, प्रमिजय गच्छादार र टिकेन्द्र थापालाई समावेश गरेका छन् । अमृत श्रेष्ठ, कुलदीप कार्की, छिरिङ गुरूङ, योगेश गुरूङसहित १२ डिफेन्डरलाई छनोटका लागि आह्वान गरिएको छ।


कुशल देउवा, शिशिर लेखी, सुरज ज्यू ठकुरी, रामचन्द्र वाजी गरी १२ मिडफिल्डरले प्रशिक्षक रोसलाई प्रभावित गर्ने प्रयास गर्नेछन् । निरज चौधरी, दिनेश हेन्जन, समीर तामाङ गरी १२ जना खेलाडीको अग्रपंक्तिमा परीक्षा हुनेछ। यहाँबाट छनोट हुने खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा राखिनेछ। नेपालले घरेलु मैदानमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। दशरथ रंगशालामा हुने पहिलो खेल आगामी भदौ २१ गते हुनेछ। नेपाल र बंगलादेश भदौ २४ गते दोस्रो मैत्रीपूर्ण खेलमा आमनेसामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top