You are currently viewing वाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ ५ देखि

वाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ ५ देखि

२५ श्रावण,२०८२ः वाल्मीकि इन्टरनेशनल स्कूल, हसनपुर, धनगढी–०५को आयोजनामा पहिलो पटक ‘वाल्मीकि अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८२’ आगामी भदौ ५ देखि ७ गतेसम्म वाल्मीकि फुटसल एरेनामा हुने भएको छ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी दिँदै आयोजकले यसअघि वाल्मीकि फुटसल एरेनाले दुई संस्करणको ‘एसईई कप ’ र एक संस्करणको ‘कर्पोरेट च्याम्पियनसिप’ सफलतापूर्वक सम्पन्न गरिसकेको जनाए। ती अनुभवका आधारमा यसपटक विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै पहिलो पटक अन्तरविद्यालय स्तरमा प्रतियोगिता सुरु गर्न लागिएको हो।


प्रतियोगितामा धनगढी र आसपासका विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। खेलहरू फुटसलका मानक नियमअनुसार सञ्चालन गरिने जनाइएको छ। आयोजकका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीलाई नगद ३० हजार रुपैयाँ, दोस्रो हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोल गर्ने खेलाडीलाई विशेष सम्मान दिइनेछ। विद्यालयबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply