विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो । विराटनगर किंग्सका लागि शुभम रञ्जनेले सर्वाधिक ३७ रनको पारी खेले । २९ बलको सामना गरेका रञ्जनेले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै बसिर अहमदले ३६,लोकेश बमले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले खास प्रर्दशन गर्न सकेनन । विराटनगरका लागि विदेशी खेलाडी जर्ज मुन्सेले १० रन बनाउँदा मार्टिन गप्टिले मात्र १३ रन बनाउन पुगे ।

जनपुरले उत्कृष्ट बलिङ गर्दै विराटनगर किंग्सका बयाटरलाई खुलेर ब्याटिङ गर्न दिएनन । उस्का लागि रुपेश सिंह र संगित कोर्यले समान दुई – दुई विकेट लिए भने आदित्य महताले डेब्यु खेलमै एक विकेट लिए । मात्र २ ओभर बलिङ गरेका महताले १६ रन खर्चेर किंग्सका हार्ड हिटर ब्याटर लोकेश बमलाई पवेलियन फर्काएका थिए ।

पहिलो खेलमा काठमाण्डुसँग पराजित जनकपुरले आज आफ्नो दोश्रो खेल खेलिरहेको छ भने पहिलो खेलमा पोखरा र दोश्रो खेलमा काठमाण्डुलाई पराजित गरेको विराटनगरले आफ्नो तेश्रो खेल खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?