You are currently viewing वेस्ट इण्डिजविरुद्धको सिरिजका लागि नेपाली टिमले पायो यूएईको भिसा

वेस्ट इण्डिजविरुद्धको सिरिजका लागि नेपाली टिमले पायो यूएईको भिसा

५असोज,धनगढीः नेपाल र वेस्ट इन्डिजबीच आयोजना हुन लागेको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले यूएईको भिसा पाइसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुन लागेको प्रतियोगितामा नेपाल र वेस्ट इन्डिजका राष्ट्रिय टोलीबीच तीन दिनसम्म रोमाञ्चक भिडन्त हुनेछ ।


क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिँदै भने, ‘नेपाली टोलीका सबै सदस्यको भिसा प्रक्रिया सम्पन्न भइसकेको छ र टोली भोलि सोमबार यूएई प्रस्थान गर्नेछ ।’


प्रतियोगितामा नेपालको प्रदर्शन र युवा खेलाडीहरूको क्षमताको परीक्षण हुने अपेक्षा गरिएको छ, जसले आगामी अन्तर्राष्ट्रिय क्रिकेटका अवसरमा टोलीलाई थप बल प्रदान गर्ने विश्वास गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply