You are currently viewing शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनःपनेरु

शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनःपनेरु

शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कृष्ण पनेरु चयन भएका छन । सनिबार सम्पन्न सामुदायिक वन उपभोक्ता समूहको १६औं साधारणसभाबाट पनेरु पुनः अध्यक्षमा चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा धन बहादुर भण्डारी र मनोनित उपाध्यक्षमा लक्ष्मी बोहरा जिम्मेवारीमा चयन भएका छन्। सचिवमा माया चन्द, सह–सचिवमा दीपक सिंह तथा कोषाध्यक्षमा रेणु बिष्ट निर्विरोध भएका छन्।

अधिवेशनले विभिन्न उपसमितिका सल्लाहकारका रूपमा लक्ष्मी भट्ट, जगन्नाथ ऐर, नरेश शाह, हरिचन्द्र पाली, द्रोपती भट्ट, खेमराज मिश्र, जनकराज अवस्थी, सीता भण्डारी, अशोकराज बोहरा र सिवी साउदलाई चयन गरेको छ।साधारणसभाले सामुदायिक वनको दिगो संरक्षण, उपभोक्ताको हक हितको प्रवर्द्धन र स्थानीय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply