असार १९,धनगढी : सुदूरपश्चिम प्रदेशका चार श्रष्टा पुरस्कृत हुने भएका छन । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १८ गते गरेको निर्णयअनुसार संस्कृति विधातर्फ सुदूरपश्चिमाञ्चल क्याम्पसमा नेपाली विषयका प्राध्यापक डाक्टर देवेन्द्र प्रसाद भट्ट,भाषा एंव साहित्य तर्फ ऐश्वर्य विद्या निकेतनमा अध्यापनरत नरेन्द्र भट्ट र संगित तथा नाट्य विधातर्फ गायक प्रकाश बहादुर थापा प्रादेशिक पुरस्कार मार्फत नगद सहित पुरस्कृत हुन लागेका हुन । त्यस्तै संगित तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार मार्फत गीतकार राजेन्द्र शाह बि.पी.पुरस्कृत हुन लागेका हुन ।
अछामको साँफेबगर नगरपालिका–१०, घुघुरकोटका स्थायी बासिन्दा डाक्टर देवेन्द्र प्रसाद भट्ट २०६८ सालदेखि सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्यापनमा संलग्न छन्। नेपाली भाषा–साहित्यमा विद्यावारिधि प्राप्त गरेका उनले दुई दशकभन्दा बढी समयदेखि शिक्षा, अनुसन्धान र साहित्यिक सिर्जनामा उल्लेखनीय योगदान दिँदै आएका छन्। त्यस्तै पाटन नगरपालिका वडा न.४ बैतडी स्थायी ठेगाना भएका साहित्यकार नरेन्द्र राज भट्ट लामो समयदेखि भाषा साहित्यमा क्षेत्रमा कलम चलाउँदै आएका छन । उनी धनगढीका विभिन्न साहित्यिक संघ संस्थामा पनि आबद्ध छन ।
बुढीगंगा नगरपालिका वडा न.४ बाजुरा स्थायी घर भएका शाह विगत ३ दशक देखि गीत संगितको क्षेत्रमा सकृय छन । उनले आजसम्म सयौंको संख्यामा चर्चित लोकडेउडा गीत सृजना गरिसकेका छन । बाजुराकै मडिमालिका वडा नं ८ का प्रकाश बहादुर थापा लोक डेउडाको क्षेत्रमा एगटा चर्चित नाम हो । शालिन स्वभावका थापा गीत संगीतको क्षेत्रमा लामो समयदेखि सुमधुर आवाज भर्दै आइरहेका छन । उनले आवाज भरेका दर्जनौं गीत अत्यन्तै लोकप्रिय छन ।
विभिन्न विधामा छनोट भएका प्रतिभाहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केहिदिनमै एक भव्य कार्यक्रम आयोजना गरि नगद सहित सम्मान गर्नेछ ।नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा साहित्य,गीत संगीत र नाट्यका क्षेत्रमा योगदान पुर्याउँदै आएका श्रष्टाहरुलाई हरेक वर्ष नगद सहित सम्मान गर्दै र्आको छ ।