सुदूरपश्चिममा आज पनि मध्यम वर्षाको सम्भावना, पहाडी भूभागमा बढी प्रभाव

१६श्रावण,२०८२ः देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सुदूरपश्चिम प्रदेशमा पनि आज मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशमा मौसममा बदली देखिएको हो। महाशाखाका अनुसार अहिले प्रदेशका विभिन्न स्थानमा सामान्य बदली भएको छ भने दिउँसोदेखि अधिकांश पहाडी क्षेत्रहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि पहाडी भूभागमा बादल लाग्नेछ भने तराई क्षेत्रहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसअघि पनि सुदूरपश्चिमको बैतडी, डोटी, अछाम लगायतका पहाडी जिल्लामा लगातार वर्षाले जनजीवन प्रभावित बनाएको थियो। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने सम्भावना छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top