You are currently viewing सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो विशाल लक्ष्य

सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो विशाल लक्ष्य

सुदूरपश्चिम रोयल्सले पोखरा एभन्जर्ससलाई १९४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १९३ रन बनाएको हो । सुदूरपश्चिमका लागि जोस ब्राउनले सर्वाधिक ६८ रनको पारी खेले ।

मात्र ३५ बलको सामना गरेका ब्राउनले ६ चौका र ५ छक्का हिर्काए । त्यस्तै ओपनर ब्याटर विनोद भण्डारीले ४३ रन प्रहा गरे भने क्रिस लेनले १३ बलमा ३१ रनको आक्रामक पारी खेले । कप्तान दिपेन्द्र सिंह ऐरी १० बलमा १५ रन बनाएर पवेलियन फर्किए । कुग्लेनले राम्रो खेल्न सकेन्न भने अघिल्लो खेलमा आका्रमक अर्धशतक प्रहार गरेका हरमित सिंहले पनि मात्र ४ रन बनाए । आरिफ शेख ० रनमा पवेलियन फर्किदा डा.इशान पाण्डेय ६ तथा नरेन साउँद ४ रनमा अविजित रहे ।

पोखरा एभन्जर्सका लागि जिमी निजमले सर्वाधिक ३ विकेट दिए । त्यस्तै,डेन डथवेट र आकाश चन्दले समान दुई दुई विकेट लिए । प्रतियोगीतामा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने पोखरा पहिलो जित निकाल्ने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply