आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्समा जुलाई २१ देखिहुने नेपाल, नेदरल्यान्डस् र नामिबिया बिचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा खडा गरिएको १५ सदस्यीय मुख्य टोलीमा महत्वपूर्ण खेलाडीहरू समेटिएका छन्।
​घोषित टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् भने स्पिनर सन्दीप लामिछाने पनि टोलीमा समावेश छन्। यसैगरी टोलीमा कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।
​नेपाली टोलीको ब्याटिङ र बलिङ लाइनअपलाई सन्तुलित बनाउन युवा र अनुभवी खेलाडीहरूको समिश्रण गरिएको क्यानले जनाएको छ। मुख्य टोलीसँगै पाँच वैकल्पिक खेलाडीहरू पनि छनोट गरिएका छन्, जसमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।
​नेदरल्याण्ड्सको मैदानमा हुने यस लिग-२ को खेलहरू नेपालका लागि निकै महत्वपूर्ण मानिएका छन्। विश्वकप छनोटको यात्रा बलियो बनाउन नेपालले यस शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने चुनौती छ। नेपाली टोली केही दिनमै नेदरल्याण्ड्स प्रस्थान गर्ने तालिका रहेको छ। सम्पूर्ण क्रिकेट फ्यानहरूले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top