नागरीक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्छ – मुख्यमन्त्री कमल बहादुर शाह

असार १३,धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन ।शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भुमिका हुनेमा जोड दिए ।

“राज्यका सम्पूर्ण निकायहरू एकअर्काका परिपूरक हुन।,” मुख्यमन्त्री शाहले भने, “राज्यका सबै निकायबीच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ ।,”

जनताको सुरक्षालाइ केन्द्रविन्दुमा राखेर काम गरे मात्रै नागरिकको भरोसा जित्न सकिने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले सरकार र नेपाल प्रहरीबिचको आपसी समन्वय र सहकार्यबाट सम्भब हुने बताए ।


उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिए। नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ थियो।

Photo : Tilak Ojha / Rasasa

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top