धनगढी ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यमिक विद्यालयले आधारभुत तहको वार्षिक परीक्षामा ९२.१५ प्रतिशत नतिजा हासिल गरेको छ । उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कैलाली मोडेल माध्यमिक विद्यालयबाट यसपटक वार्षिक परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थी मध्ये ४७ जना उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल तपेन्द्र बहादुर सिंहले जानकारी दिए ।

प्रिन्सिपल सिंहका अनुसार १७ जना विद्यार्थीले ए प्लस,२६ जनाले ए र ४ जनाले बी प्लस ल्याएका हुन । उत्कृष्ट व्यवस्थान र गुणस्तरीय शिक्षाका लागि सुदूरपश्चिमभरीमै लोकप्रिय रहेको कैलाली मोडेल माध्यमिक विद्यालय विशेष गरी कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन विषयका लागि विद्यार्थीहरुको मुख्य रोजाइमा पर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?