You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा गुरुकुल एकेडेमीले यसवर्ष पनि ल्यायो शतप्रतिशत नतिजा

आधारभुत तहको वार्षिक परीक्षामा गुरुकुल एकेडेमीले यसवर्ष पनि ल्यायो शतप्रतिशत नतिजा

धनगढी ४ उत्तरबेहडीमा रहेको गुरुकुल एकेडेमीले आधारभुत तहको वार्षिक परीक्षामा यसवर्ष पनि शतप्रतिशत नतिजा हाँसिल गरेको छ । उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुलबाट यसवर्ष परीक्षामा सहभागी ६८ जना विद्यार्थीहरु मध्ये ५८ जनाले ३.६० देखि ४.०० जिपिए र १० जनाले ३.२१ देखि ३.५९ जिपिए प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।

आधारभुत तह र एसईई परीक्षामा हरेक वर्ष उत्कृष्ट नतिजा दिदै आएको गुरुकुल एकेडेमी पछिल्ला तीनवर्षदेखि निरन्तर धनगढी उपमहानगरपालिकाबाट सम्मानित भएको छ । आफ्नै सुविधा सम्पन्न भौतिक संरचना मार्फत विगत तीन दशकदेखि पठनपाठन गतिविधि सञ्चालन गर्दै आएको गुरुकुल एकेडेमी यस क्षेत्रकै लोकप्रिय विद्यालयको रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply