You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलको पहिलो ब्याचका १९ जना विद्यार्थी उत्र्तीण

आधारभुत तहको वार्षिक परीक्षामा राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलको पहिलो ब्याचका १९ जना विद्यार्थी उत्र्तीण

धनगढी ६ मटियारीमा रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले आधारभुत तहको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार राइजिङ्ग स्टारका ३.६० देखि ४.०० जिपिएसम्म १० जना,३.२१ देखि ३.५९ जिपिएसमम ७ जना र २.८१ देखि ३.२० जिपिएसम्म १ जना गरी जम्मा १९ जना उत्तीर्ण भएको विद्यालयका संस्थापक प्रिन्सिपल हरिषचन्द्र शाहीले जानकारी दिए ।

पहिलोपटक आधारभुत तहको वार्षिक परीक्षामा सहभागी भएको राइजिङ्ग स्टारबाट २१ जना विद्यार्थी परीक्षामा सहभागी थिए । कलेन्द्र शाही प्रबन्ध निर्देशक रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले छोटो समयमै धनगढीमा आफ्नो पृथक परिचय बनाइसकेको छ । पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलले आउँदै गरेको नयाँ शैक्षिक सत्र २०८३ बाट कक्षा ९ को पनि पठनपाठन सुरु गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply