You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा धनगढीको मिलन विद्या निकेतनका आधा दर्जन विद्यार्थीले ल्याए ४ जिपिए

आधारभुत तहको वार्षिक परीक्षामा धनगढीको मिलन विद्या निकेतनका आधा दर्जन विद्यार्थीले ल्याए ४ जिपिए

धनगढी १२ जुगेडामा रहेको मिलन विद्या निकेतनका ६ जना विद्यार्थीहरुले आधारभुत तहको वार्षिक परीक्षामा ४ जिपिए प्राप्त इतिहास रचेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार मिलन विद्या निकेतनका आकाश जोशी,मनिका भट्ट,मान्सी चयेडा,प्रकाश कुञ्जेडा,योगेश बहादुर शाही र युजिना भट्टले ४ जिपिए प्राप्त गरेका हुन ।

अहिलेसम्म हामीलाई प्राप्त जानकारी अनुसार धनगढी उपमहानगरपालिका भित्रका विद्यालयहरु मध्ये सबैभन्दा बढी ४ जिपिए ल्याउने विद्यालय मिलन विद्या निकेतन बनेको छ ।

त्यस्तै ३.६ देखि ३.९८ जिपिएसम्म २५ जना,३.२ देखि ३.५९ जिपिएसम्म ३० जना र २.८ देखि ३.१९ जिपिएसम्म १० जना विद्यार्थी उत्तिर्ण भएको विद्यालय प्रशासनले जनाएको छ । लामो समयदेखि धनगढी १२ जुगेडामा सञ्चालित मिलन विद्या निकेतन धनगढीकै लोकप्रिय विद्यालयको रुपमा परिचित छ । विद्यालयको नेतृत्व  कुशल व्यवस्थापक सिताराम बुढाथोकीले सम्हालिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply