You are currently viewing आधारभुत तहको वार्षिक परीक्षामा चैतन्यका प्रिन्स साउँदले ल्याए सर्वोत्कृष्ट जिपिए

आधारभुत तहको वार्षिक परीक्षामा चैतन्यका प्रिन्स साउँदले ल्याए सर्वोत्कृष्ट जिपिए

धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशालाका प्रिन्स साउँदले सर्वोत्कृष्ट जिपिए प्राप्त गरेका छन । धनगढी उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार उत्तीर्ण भएका ४२ विद्यार्थी मध्ये साउँदले सर्वाधिक ३.९१ जिपिए ल्याएका हुन । त्यस्तै आयुष जोशीले ३.८५ जिपिए प्राप्त गरे । समग्रमा चैतन्यबाट कक्षा ८ मा उत्तीर्ण विद्यार्थीहरु मध्ये १४ जना ए प्लस,१९ जना ए र १० जनाले बी प्लस ल्याएका हुन ।


पछिल्ला केहिवर्षदेखि उत्कृष्ट व्यवस्थापन सहित संस्कार सहितको शिक्षा प्रदान गर्दै धनगढीमा आफ्नो छुट्टै छाप छोडिसकेको चैतन्य पाठशालाले गतवर्षबाट कक्षा ११ को पठनपाठन पनि सुरु गरिसकेको छ । कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषय पढाइरहेको विद्यालयले यसपटक थप भौतिक संरचना तयार गर्दै नयाँ शैक्षिक सत्रको विशेष तयारी गरिरहेको विद्यालयका निर्देशक कटक बहादुर सिंहले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply