You are currently viewing एमाले जिल्ला सदस्य बिक्रम ऐर सहित ३० जना कांग्रेसमा प्रवेश

एमाले जिल्ला सदस्य बिक्रम ऐर सहित ३० जना कांग्रेसमा प्रवेश

डडेल्धुरा:आसन्न फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरको पक्षमा जनलहर देखिन थालेको छ। निर्वाचनको सम्मुखमा विपक्षी दल नेकपा एमालेको प्रभाव क्षेत्र मानिने अजयमेरु गाउँपालिकामा एमालेलाई ठूलो धक्का लागेको छ।

अजयमेरु गाउँपालिकास्थित चमडा पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बिक्रम ऐरको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३० जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको काँग्रेसका डडेल्धुरा सभापति भिम बहादुर साउँदले जानकारी गराए । यो प्रवेशसँगै अजयमेरु क्षेत्रमा कांग्रेसको संगठन सुदृढ बनेको छ भने उम्मेदवार नैनसिंह महरलाई थप सहज हुने साउँदले बताए ।

“कांग्रेस नै भरोसायोग्य र जनतासँग नजिक: बिक्रम ऐर”

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेता एवं एमालेका पूर्व जिल्ला कमिटी सदस्य बिक्रम ऐरले मुलुकको निकास र जनताको विकासका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताए ।

आफ्नो धारणा राख्दै नेता ऐरले भने, “लामो राजनीतिक अनुभवले मलाई के सिकायो भने, नारामा मात्र सीमित हुने होइन, व्यवहारमा जनताको काम गर्ने पार्टी रोज्नुपर्छ। आजको दिनमा नेपाली कांग्रेस नै त्यस्तो एकमात्र शक्ति हो, जो भरोसायोग्य छ र सधैं जनतासँग नजिक रहेर उनीहरुका सुख–दुःखमा मलम लगाउँछ।”

उनले एमालेमा राजनीतिक इमान्दारिता हराउँदै गएको र कार्यकर्ताको भविष्य नभएको गुनासो गर्दै भने, “नैनसिंह महर जस्तो भिजन भएको र केन्द्रमा समेत प्रभाव राख्ने नेतृत्वलाई जिताउनु नै डडेल्धुराको हितमा छ। त्यसैले हामी ३० जना साथीहरु बिना सर्त कांग्रेसको लोकतान्त्रिक अभियानमा समाहित भएका हौं।”

जितको आधार बलियो: नैनसिंह महर

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नैनसिंह महरले चमडाबाट सुरु भएको यो लहरले फागुन २१ को नतिजा कांग्रेसको पक्षमा आउने सुनिश्चित गरेको बताए ।

उम्मेदवार महरले भभने, “विपक्षी दलका जिम्मेवार नेता कमरेड बिक्रम जी लगायतका साथीहरुले देखाउनुभएको यो विश्वासले मलाई थप उर्जा मिलेको छ। अजयमेरुवासीले दिएको यो साथले पुष्टि गर्छ कि अब डडेल्धुराले विकास र समृद्धिको एजेण्डा बोकेको कांग्रेसलाई नै रोजिसकेको छ।”

नेतृत्व पंक्तिबाट भव्य स्वागत

अजयमेरुको चमडामा आयोजित उक्त कार्यक्रममा नवप्रवेशीहरुलाई उम्मेदवार महरका साथै नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति भिम बहादुर साउद, पूर्व पार्टी सभापति रघुवर भट्ट र सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री गोबिन्द बोहोरा लगायतका शीर्ष नेताहरुले अबिर र खादा लगाएर भव्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply