You are currently viewing एसपिए कलेजका क्याम्पस प्रमुख चौधरी सम्मानित

एसपिए कलेजका क्याम्पस प्रमुख चौधरी सम्मानित

सुदूरपश्चिम प्रदेश कै अग्रेणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल एकेडेमीका (एसपिए कलेज ) क्याम्पस प्रमुख बुधराम चौधरी सम्मानित भएका छन । बुधबार धनगढी ६ मटियारीमा रहेको राइजिङ स्टार ईङ्लिस स्कुलको ८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा क्याम्पस प्रमुख चौधरीलाई प्रमुख अतिथि प्रदेश निती तथा योजना आयोगका सचिव गणेश बहादुर सिंहले माला ,दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका हुन ।

एसपिए कलेजमा स्थापनाकालदेखि हालसम्म प्राध्यापन पेशामा सकृय रहेका चौधरीले यसैवर्ष क्याम्पस प्रमुखको जिम्मेवारी प्राप्त गरेका थिए । नम्र स्वभावका चौधरी यस क्षेत्रकै बौद्धिक व्यक्तिको रुपमा चिनिन्छन ।

साथै राइजिङ स्टार ईङ्लिस स्कुलको ८औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा भगवती मावि तलारा डोटीका प्रचार्य टेक बहादुर सिंह,एपूर्व शिक्षक गगन सिंह ऐर,समाजसेवी भरत बिक्रम शाह,डेउडा गायक तथा समाजसेवी भक्त राज जोशी ,निसर्ग अस्पतालमा कार्यरत डा.चिरञ्जीवि पन्तलाई सम्मान गरिएको थियो भने विद्यालय स्थापना कालदेखि नै नृत्य निर्देशकको रुपमा कार्यरत त्रिवेन्द्र कर्णलाई सम्मान गरिएको विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply