सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

यसअघि पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।नेपाल र हङकङबीचको फाइनल खेल भोलि (सोमबार) दिउँसो १२:१५ बजे सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?