You are currently viewing धनगढीको माइलस्टोन स्कुलमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

धनगढीको माइलस्टोन स्कुलमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

जेष्ठ २५,धनगढी : धनगढी ७ भानुचोकमा रहेको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालयमै आयोजना गरिएको उक्त ट्राफिक सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रहरी नायब निरिक्षक कमल सिंह भण्डारी र सन्तोष सिंहले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराउनुका साथै सवारी दुर्घटनाका कारण बारे पनि जानकारी गराएका हुन । भण्डारीले विद्यार्थीहरुलाई ट्राफिक नियमको पालना कसरी गर्ने,सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,के कारणले बढी सवारी दुर्घटना भैरहेको छ,लापरबाहिपूर्ण तरिकाले सवारी चलाएर कसैको ज्यान गयो वा अंगभंग भए के कस्तो किसिमको जरिमाना तथा कार्बाही हुन्छ भन्ने बारे सविस्तार बताएका थिए ।

oplus_0

उक्त ट्राफिक सचेतना कार्यक्रममा कक्षा ७ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रहरी नायब निरिक्षक कमल सिंह भण्डारीले आफ्नो डेमो सेसन सकाएपछि विद्यार्थीहरुले धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी ट्राफिक व्यवस्थापन नहुँदा सँधै सडक अस्तव्यस्त देखिने गरेको भन्दै त्यसको सहि व्यवस्थापन हुनुपर्ने कुरा राखेका थिए । ट्राफिक सचेतना सम्बन्धी कार्यक्रममा सहभागी भएपछि विद्यार्थीहरुले आफूहरुले ट्राफिक नियम सम्बन्धी धेरै कुराको जानकारी पाएको भन्दै आगामी दिनमा सडक र सवारी प्रयोग गर्दा धेरै सहयोग पुग्ने बताएका छन ।

oplus_0

पछिल्लो पाँच वर्ष यतादेखि नयाँ व्यवस्थनपनका साथ सञ्चालित माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुल छोटो समयमै धनगढीमा आफ्नो अलग्लै पहिचान बनाउन सफल भएको छ । कक्षा प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्यापन गराउँदै आएको माइलस्टोन इङ्लिस बोर्डिङ्ग स्कुलले यसै शैक्षिकसत्रबाट कक्षा ९ को पठनपाठन पनि सुरु गरेको छ ।

पढाईसँगसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको माइलस्टोन स्कुलले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०८२ को आधारभुत तहकोे वार्षिक परीक्षामा शत प्रतिशत नजिता हाँसिल गरेको थियो । विद्यालयको नेतृत्व उर्जावान युवा भुवन मल्लले गरिरेहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply