होली फेम्ली राष्टिय ‘स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा ३५ रनको हार बेहोरेको आयोजक होली फेमलीले उप विजेतामा चित्त बुझाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए ।
होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १/१ विकेट लिए । माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो । हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन ।

वालिङ तर्फ वात्सल्यका धिरेन्द्र राज विष्टले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले १६ रन मात्र खर्चेका थिए । हिमाल पन्त, अन्जित धामी, आयुष भट्टले सामान २/२ विकेट लिए ।
वात्सल्य का हिमाल पन्त प्रतियोगिताको वेस्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । फाइनल खेलको प्लेयर अफ द म्याच भएका वात्सल्यका मानव बिष्ट नै वेस्ट व्याटर घोषित भए । प्रतियोगिताको उदयमान खेलाडीको उपाधि होली फेम्लिका निरज पन्तले पाए ।
समापन क्रायक्रमको आयोजना गरी प्रतियोगिताको विजेता टिम बात्सल्यालाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसै गरी उप विजेता टिम होली फेम्लिलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।

कार्यक्रम जिल्ला कञ्चनपुर क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको सभापतित्व एबं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ज्ञानेन्द्र(ज्ञानु) बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
विशिष्ठ अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट रहेका थिए । अतिथिमा वात्सल्य विद्या निकेतनका फाउन्डर लक्ष्मण सिंह दियाल, निर्माण व्यवसायी संघ कञ्चनपुरका सचिव ब्रिज किशोर, क्रिकेटर प्रदीप सिंह ऐरीका बुबा गगन सिंह ऐरी र होली फेमलिका सहायक प्रिन्सिपल हरीश सिंह ठगुन्ना रहेका थिए ।
कार्यक्रम कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सुनारले कार्यक्रमको सञ्चालन गरे ।प्रतियोतामा जिल्लाभरिका १६ विद्यालय सहभागी भएका थिए । बात्सल्याले कञ्चनपुरको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । वात्सल्यले टिममा ४ जना खेलाडी अन्य टिमबाट छनोट गरी राख्न पाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?