नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ अन्तर्गत प्रदेश सभा ‘ख’ को सभापतिमा कलेन्द्र शाही र विजय राज जोशी बीच भिडन्त हुने भएको छ । सोमबार कांग्रेस जिल्ला कार्यसमिति कैलालीको कार्यालयमा शाही र जोशी द्वयले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

कलेन्द्र शाहीले यसभन्दा अगाडि कैलाली क्षेत्र न.५ अन्तर्गत प्रदेश सभा ख को सचिव पदमा काम गरिसकेका छन भने विजय जोशीले कांग्रेस कैलाली क्षेत्र न.५ को सचिवमा जिम्मेवारी निभाइसकेका छन । लोकप्रिय दुई युवा बीचको निर्वाचन रोचक हुने अनुमान गरिएको छ । क्षेत्रिय अधिवेशन भोली बिहानबाट सुरु हुँदैछ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?