डिल्लीराज ओझा / धनगढी : २०७३ सालदेखि सुरु भएको ग्रासरुट क्रिकेट अभियानले निकै ठूलो उतारचढाव व्यहोर्यो । प्रतियोगीता संयोजक रामचन्द्र शाहीको दृढ इच्छाशक्तीका कारण कोभिड-१९ जस्तो चरम आर्थिक संकटका बीच पनि प्रतियोगीता निरन्तर चलिरह्यो । विद्यालय स्तरका प्रतिभालाई बाहिर ल्याउन तत्कालिन लिटल फ्लावर प्रिमियर लिगले महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो सयम राष्ट्रिय टोलीमा आबद्ध शेर मल्ल,संदिप जोरा,लोकेश बम,भिम सार्की,हेमन्त धामी,देव खनाल लगायतका दर्जनौं खेलाडीले लिटल फ्लावर प्रिमियर लिग खेलेका छन । शेर मल्लले त आफू भारतबाट आएपछि नेपाल आएर खेलेको पहिलो औपचारिक प्रतियोगीता नै लिटल फ्लावर लिग भएको पत्रकार सम्मेलनमा बताएका थिए ।

धनगढीलाई सिटी अफ क्रिकेट बनाउन र सुदूरपश्चिमको क्रिकेटलाई केन्द्रसम्म जोड्न प्रतियोगीताले पनि महत्वपूर्ण भूमिका खेलेको छ । यो प्रतियोगीतालाई धनगढीका स्थानीय व्यवसायी र खेलप्रेमीले पनि मज्जैले साथ दिए । प्रतियोगीता आयोजनामा निस्वार्थ निरन्तर खटेका रामचन्द्र शाहीलाई प्रदेश सरकार,स्थानीय तह र खेलकुदजन्य संघ संस्थाले भने कहिल्यै हौसला दिएनन । गाह्रो अप्ठ्यारो सोधेनन तैपनि शाहीले कहिल्यै हिम्मत हारेनन । शाही आफूले स्वार्थका लागि काम नगरेको भन्दै विशुद्ध क्रिकेट विकासकै लागि खटेको हुँदा आत्मसन्तुष्टि चाँहि हुने गरेको बताएका छन ।
प्रतियोगीताको सुरुवाती चरणमा शाहीका सहोदर भाइहरु कलेन्द्र शाही,महेन्द्र शाही र हरिषचन्द्र शाहीले पनि राम्रै साथ दिए । पछि अन्य व्यक्तीत्वहरुले पनि शाहीलाई थप उर्जा दिए । त्यो बेला बेग्लै उर्जा थियो,बजारभरी जहाँतहीँ लिटल फ्लावर प्रिमियर लिग र क्रिकेटको मात्रै चर्चा हुने गरेको थियो । लिगको चर्चा चुलिन थालेपछि स्थानीय मात्रै होइन राष्ट्रिय स्तरका व्यवसायिक सघ संस्था पनि जोडिएका थिए ।

यसपटक एकदशक पूरा गर्न गैरेहेको लिटल फ्लावर प्राइड लिगलाई विशेष बनाउन प्रतियोगीता संयोजक रामचन्द्र शाही र उनको टिम निरन्तर खटिरहेकोछ । प्रतियोगीताले कसलाई लाभ हानी गर्यो त्यो फरक विषय हो तर समग्रतामा जब जब नेपाली क्रिकेट विकासको चर्चा हुनेछ तब तब लिटल फ्लावर प्राइड लिग र प्रतियोगीता संयोजक रामचन्द्र शाहीको जरुर चर्चा हुनेछ यो इतिहास कसैले चाहेर पनि सजिलै मेटाउन सक्नेछैनन ।






लिटल फ्लावर प्रिमियर लिग हुँदै प्राइड लिगसम्म आइपुग्दाका केहि महत्वपूर्ण तस्वीहरु:


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?