किर्तीमानी रक्तदाता दिपक उपाध्याय नेपालले ११५ औं पटक रक्तदान गरेका छन । ११४ औं पटक रक्तदान गरिसकेका नेपालले बुधबार भाइटिकाको दिन घोडाघोडी नगरपालिकाकी २४ वर्षिया बिनिता जैशीलाई रत्तदान गर्दै ११५ औं पुर्याएका हुन । “बचाऔ कसैको ज्यान, आउनुस गरौ रक्तदान” भन्ने स्लोगनका साथ वर्षौदेखि रत्तदान गर्न प्रेरित गरिरहने नेपाल हाल सुदूरपश्चिम प्रदेश सरकारको सद्भावना दुत समेत रहेका छन ।

उनी समय समयमा रक्तदान सम्बन्धि विभिन्न अभियानहरु चलाइरहका हुन्छन । पेशाले पत्रकार समेत रहेका दिपक उपाध्याय नेपालको समाजप्रतिको उत्तरदायित्व र खटाई सबैका लागि प्रेरणादायि बनेको छ ।