२४ भाद्र,२०८२ः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिएका हुन् ।

उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको कुरा स्वीकार गर्नुको साटो उल्टै ब्यापक रुपमा दमन, हत्या र बल प्रयोगले लोकतन्त्र नभइ तानाशाही व्यवस्थातर्फ गइरहेको महशुस भएकाले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?