जेष्ठ २६,धनगढी : धनगढीको फाप्लामा जारी कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा राइजिङ स्टार बोर्डिङ्ग स्कुलले दोश्रोे जीत निकालेको छ । मंगलबार सम्पन्न खेलमा राइजिङ स्टारले सृजनशील विद्या निकेतनलाई १२ रनले पराजित गरेको छ । राइजिङ स्टारले दिएको ७९ रनको लक्ष्य पछ्याएको सृजनशीलले निर्धारत १० ओभरमा ६ विकेट गुमाएर मात्र ६६ रन बनाउन सक्यो ।

राइजिङ स्टारको जितमा शुभम सुनार पुन : नायक बने । मात्र १५ बलको सामना गरेका शुभमले ४ चौका हिर्काउँदै २६ रनको योगदान दिए । उनी म्यान अफ दी म्याच पनि चुनिए । शुभमले प्रतियोगीताकै बलियो भनिएको टोली उज्यालो शिक्षा सदन लम्की विरुद्ध पनि अविजित अर्धशतक हिर्काएका थिए । त्यो खेलमा पनि शुभम म्यान अफ दी म्याच चुनिएका थिए । त्यस्तै आकाश लुहारले ११ रन बनाएका थिए ।

प्रतियोगीताको पहिलो खेलमा स्टेपिङ स्टोन स्कुलसँग पराजित भएको राइजिङ स्टारले दोश्रो खेलमा लम्कीको उज्यालो शिक्षा सदनलाई ९ विकेटले पराजित भएको थियो भने तेश्रो खेलमा सत्यवती एकेडेमी अत्तरीयासँग पराजित भएको थियो ।

पछिल्लो समय राष्ट्रिय खेलाडी भोजराज भट्टलाई प्रशिक्षक नै राखेर ग्रासरुट क्रिकेटमा निकै मिहिनेत गरिरहेको राइजिङ स्टार बोर्डिङ्ग स्कुल आफ्नै किकेट एकेडेमी सञ्चालनको अन्तिम तयारीमा रहेको छ । उसले गतवर्षबाट विद्यालय स्तरीय राइजिङ स्टार प्रिमियर लिग क्रिकेट प्रतियोगीता पनि गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?