लगातार चार खेलमा जित निकाल्दै समूह विजेता बनेर थ्री स्टार्स बोर्डिङ्ग स्कुल क्वाटर फाइनल प्रवेश

धनगढीको फाप्लामा जारी जिल्ला क्रिकेट संघ कैलालीले आयोजना गरेको कैलाली जिल्ला विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिपमा लगातार चार खेलमा जित निकाल्दै थ्री स्टार्स बोर्डिङ्ग स्कुल क्वाटर फाइनल प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न खेलमा थ्री स्टार्सले पञ्चोदय माविलाई २ विकेटले पराजित गर्दै क्वाटर फाइनलको टिकट पक्का गरेको हो । पञ्चोदय माविले दिएको ८५ रनको लक्ष्य थ्री स्टार्सले अन्तिम बलमा ८ विकेट गुमाउँदै पूरा गर्यो । थ्री स्टार्सका कुनैपनि ब्याटरले राम्रो प्रर्दशन नगरिरहँदा खेलको अन्तिममा ब्याटिङका लागि आएका खेमराज भट्टले ४ बलमा ३ चौकाको मद्दतले अविजित १२ रन बनाएर टिमलाई व्वाटर फाइनलको यात्रासम्म पुर्याए ।

पञ्चोदयका लागि नविन केसी र युनिक खातीले समान दुइ दुइ तथा पवन उपाध्याय,सन्तोष थापा र आशिष बिकले समान एक एक विकेट लिए । पञ्चोदयले ३१ रन अतिरिक्त खर्चेको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पञ्चोदयले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो । पञ्चोदयका लागि आयुश ढुँगानाले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन ।

थ्री स्टार्सका योगेश जोशी एक्लैले ४ विकेट चट्काए । २ ओभर बलिङ गरेका जोशीले ९ मात्र ९ रन खर्चिदै ४ विकेट लिन सफल भएका हुन । उनी म्यान अफ दी म्याच पनि चुनिए । त्यस्तै मुकेश बोहराले ३ तथा आकाश बिस्टले २ र कप्तान रबिन्द्र सिंह धामीले एक विकेट लिन सफल भए ।

पछिल्लो समय क्रिकेटमा निकै रुचिका साथ अगाडी बढिरहेको थ्री स्टार्स बोर्डिङ्ग स्कुलले राष्ट्रिय खेलाडी दिपक टमाटालाई मुख्य प्रशिक्षकको रुपमा राखेर नियमित प्रशिक्षण गराइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top