You are currently viewing गाजामा भएको इजरायली आक्रणमा १० जनाको ज्यान गयो

गाजामा भएको इजरायली आक्रणमा १० जनाको ज्यान गयो

२५ श्रावण,२०८२ः गाजामा भएको इजरायली आक्रमणमा सहायताको लागि पर्खिरहेका नागरिकसहित कम्तीमा १० जनाको ज्यान गएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरेको थियो ।


घटनामा ३० जना घाइते भएका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ । खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं नागरिक सहायताको लागि भेला हुने गरेका छन् ।
पछिल्लो समयमा इजरायली सेनाले सहायताको लागि पर्खिरहेका मानिसलाई लक्षित गरी आक्रमण गर्दा उनीहरुले ज्यान गुमाइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply