You are currently viewing गायक तथा सङ्गीतकार बसन्त साधक ‘स्रष्टा सम्मान–२०८२’ बाट पुरस्कृत

गायक तथा सङ्गीतकार बसन्त साधक ‘स्रष्टा सम्मान–२०८२’ बाट पुरस्कृत

२९ असार २०८३,धनगढी : गायक तथा सङ्गीतकार बसन्त साधक सम्मानित भएका छन । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले नेपाली सङ्गीत क्षेत्रमा निरन्तर समर्पित भई पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गायक तथा सङ्गीतकार बसन्त साधकलाई ‘स्रष्टा सम्मान–२०८२’ बाट सम्मान गरिएको छ ।

प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष समारोहमा बसन्त साधकलाई सम्मान–पत्रसहित सम्मान प्रदान गरिएको हो। सम्मान–पत्रमा उहाँले लामो समयदेखि भाषा, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा सक्रिय रहँदै विशेषगरी सङ्गीत साधना, सृजनात्मक योगदान तथा सामाजिक गतिविधिमार्फत समाजमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ। नगद बीस हजार समेत प्राप्त गरेका साधकलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री बेल बहादुर रानाले दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे ।

सम्मान ग्रहणपछि गायक तथा सङ्गीतकार बसन्त साधकले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै नेपाली भाषा, कला, संस्कृति तथा सङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै साहित्यकार पूर्ण बहादुर मल्ल,गजलकार कमल संघर्ष र गायक सदानन्द (सौगात) ओझा  पनि उक्त समारोहमा पुरस्कृत भएका छन । उनीहरुलाई जनही नगद बीस बीस हजार सहित पुरस्कृत गरिएको हो ।

त्यस्तै प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार अन्तर्गत संस्कृति विधातर्फ इन्द्र बहादुर चौधरी,गायन संगीत तथा नाट्य विधातर्फ गायक ध्वज बहादुर महरा,साहित्य विधातर्फ मिना पन्त र ललितकलातर्फ योगेन्द्र बमलाई जनही नगद पचार पचास हजार धनराशी सहित पुरस्कृत गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सुरत रावत डोटेली कान्छाले जानकारी दिए

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री बेल बहादुर राना,विशिष्ट अतिथि आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामी लगायत अतिथिहरुमा दर्जनौं श्रष्ठाहरुको उपस्थिति रहेको थियो । प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठान मार्फत हरेक वर्ष भानु जयन्तीका दिन भाषा,कला,साहित्यमा योगदान पुर्याएका सुदूरपश्चिमका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सुदूरपश्चिमाञ्चल साहित्य समाजका सचिव प्रेम विवश चन्दले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply