नेपाली साहित्यका विराट प्रतिभा आदिकवी भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती सोमबार विविध कार्यक्रम गरि धनगढीमा मनाइएको छ । कैलाली जनपुस्तकालय, धनगढी र सुदूरपश्चिमान्चल साहित्य समाज, धनगढीको संयुक्त आयोजनामा सोमबार कैलालि जनपुस्तकालयको सभाहलमा विविध साहित्यिक कार्यक्रम गरि मनाइएको हो ।

नेपालका रास्टृय विभुती समेत रहेका आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर कैलाली जनपुस्तकालयले असार २८ गते माध्यमिक तह स्तरिय अन्तर विधालय “कविता प्रतियोगिता” संचालन गरेको थियो । सोमबार विशेष समारोहमा उक्त कविता प्रतियोगिताका विजेता विद्यार्थीहरुलाइ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो ।


कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझाको सभापतित्वमा आयोजित कार्यक्रमको सन्चालन पुस्तकालयकै सचिव सुभाष सङ्कल्प भण्डारीले गर्नुभएको थियो ।लक्ष्मीनारायण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा सुदूरपश्चिमान्चल साहित्य समाजका उपाध्यक्ष टोपेन्द्र शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा प्राप्ती बस्नेत, सन्ध्या अवस्थी, सम्बिना ओखेडा, जनक रसिक लगायतका कविहरुले आफ्ना रचना वाचन गर्नुभएको थियो । सुदूरपश्चिमान्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले आदिकवी भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथी प्रकाश पारेका थिए ।

कैलाली जनपुस्तकालयको साहित्यिक मुखपत्र “मालिका” को १७ औं अङ्क पनि आज विमोचन गरिएको छ । यसैगरी साहित्यकार प्रेमप्रसाद सापकोटाद्वारा लिखित खण्डकाव्य संग्रह ” घामको मिर्मिरे” पनि विमोचन गरिएको थियो ।
सोहि कार्यक्रममा वरिष्ठ साहित्यकार आर डी प्रभास चटौतद्वारा स्थापना गरिएको तथा सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीद्वारा सञ्चालित ‘प्रभास राज्यलक्ष्मी कृति पुरस्कार’ पैकेलो उपन्यासका लेखक ओम रिजाललाई प्रदान गरिएको थियो । जस्को धनराशी ५० हजार रहेको छ ।

कार्यक्रममा गायक यज्ञराज उपाध्याय,साहित्कार टोपेन्द्र शाह,सुदूरपश्चिमाञ्चल साहित्य समाजका कार्यालय सचिव तथा सर्जक हेम मिश्र आँसु,सर्जक नवराज ओझा लगायत पनि सम्मानि तभएका थिए ।

भानुजयन्तीको अवसरमा सोमबार बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कैलाली जनपुस्तकालय र सुदूरपश्चिमान्चल साहित्य समाजले सङ्युक्त रुपमा एल. एन. चौक देखि प्रभातफेरी कार्यक्रमको आयोजना गरेका थिए । प्रभातफेरी कार्यक्रममा धनगढीका दर्जनौ साहित्यिक स्रस्टाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?