गायक यज्ञराज उपाध्याय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिषद सदस्यमा नियुक्त भएका छन । शुक्रबार नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिषद सदस्यमा उपाध्यायलाई सिफारिस गरिएको हो ।

लामो समयदेखि गीत संगित तथा लोक साहित्यको अध्ययन तथा प्रचारप्रसारमा सकृय रहेका उपाध्यायको ‘राइझुमा’ नामक गीत निकै लोकप्रिय छ । पछिल्लो समय उनले सुदूर र कर्णाली प्रदेशको लोककाव्यलाई एकिकृत गर्दै ‘काली कर्णालीको सेरोफेरो’ नामक पुस्तक प्रकाशन गरेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?