You are currently viewing सिरानी लिएर आइन गजलकार तारा पल्लवी | Tara Pallavi | Sirani

सिरानी लिएर आइन गजलकार तारा पल्लवी | Tara Pallavi | Sirani

साउन ३,धनगढी : गजलकार तारा पल्लवीद्वारा लिखित नविनतम गजलसंग्रह ‘सिरानी’ विमोचन गरिएको छ । सनिबार काठमाण्डौंमा एक कार्यक्रमका बीच गजलकार पल्लवीको पहिलो गजल कृति ‘सिरानी’ सार्वजनिक भएको हो । आवरण प्रकाशनद्वारा प्रकाशित सो कृतिको विमोचन वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल,ललिजन रावल लगायतले गरेका थिए ।

नारी चेतनाका स्वरहरु गजलका शेरहरु मार्फ अभिव्यक्त गर्ने गजलकार पल्लवीको उक्त ‘सिरानी‘ गजल संग्रहमा आठ दर्जन बढी गजल समावेश छन् । विमोचन समारोहका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले सुदुरपश्चिम गजल विधामा निकै अगाडि रहेको बताउँदै कृतिकार पल्लवीको सिरानी गजल संग्रह उत्कृष्ट गजल कृतिको रुपमा पाठकसामु आएको बताए । समीक्षक डा.रमेश शुभेच्छुले सुक्ष्म विषयलाई कलात्मक तरिकाले प्रस्तुति दिनु गजलकारको खुवी भएको तर्क राखे भने समीक्षक डा.नारायण गैरेले पल्लवीका गजल नारी चेतनाको समन्वयात्मक विद्रोहले भरिएको बताए । लामो समयदेखि गजल साधनामा सकृय पल्लवी पेशाले शिक्षिका हुन । उनी थुप्रै ठाउँमा एकल तथा संयुक्त गजल वाचनमा सहभागी भैसकेकी छन ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले गजल उन्नयनमा अग्रगामी छलाङ मार्ने सुदुरपश्चिमले पल्लवीजस्ता गजलकार पाउनुले अझ सुन्दर भविष्यको ढोका खोलेको भएको बताएका छन । विमोचन समारोहमा बोल्दै गलकार पल्लवीले आफूले लेख्ने कुरा गजलमा लेखिसकेको भन्दै अब पाठक वर्गबाट समालोचनात्मक शुझावको अपेक्षा गरेको बताइन ।

कार्यक्रममा प्रिया पत्थर साहित्य परिषद् धनगढीकी अध्यक्ष साहित्यकार हेमन्ती जोशी,साहित्यकार पार्वती भट्ट लगतयतले शुभकामना व्यक्त गरेका थिए । विमोचन समारोहमा विभिन्न क्षेत्रबाट दर्जनौं गजलकार तथा सर्जकहरु सहभागी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply