You are currently viewing चैतन्य पाठशालाले यसवर्ष कक्षा ११ मा ४५ जनालाई छात्रवृत्ति प्रदान गर्दै

चैतन्य पाठशालाले यसवर्ष कक्षा ११ मा ४५ जनालाई छात्रवृत्ति प्रदान गर्दै

धनगढी ५ शिवनगरमा रहेको “चैतन्य पाठशाला” ले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ।विद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याएका तथा विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो। विद्यालय अध्यक्ष गणेश प्रसाद जोशीका अनुसार संस्था स्थापना कालदेखि नै प्रतिभावान तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।


विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रवेश परीक्षाको आधारमा २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई–दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्था गरिएको छ। त्यस्तै धनगढी उपमहानरपालिकाबाट सिफरिस भइ आएको १० प्रतिशत छात्रवृत्ति पनि विद्यार्थीहरुले प्राप्त गर्ने विद्यालय प्रशासनले जनाएको छ ।

त्यसैगरी “अपि प्रोजेक्ट” अन्तर्गत एक जना छात्र र एक जना छात्रालाई व्यवस्थापन संकायमा आवासीय सुविधा सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ। विद्यालयमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल म्यानेजमेन्ट संकाय सञ्चालनमा रहेका छन्।

विद्यालयले छात्रवृत्ति छनोटका लागि एसईई नतिजा, प्रवेश परीक्षा तथा अन्तर्वार्तालाई आधार बनाउने जनाएको छ। विभिन्न क्षेत्रमा विशेष उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्राथमिकतामा राखिने पनि उल्लेख गरिएको छ।विद्यालयका अनुसार जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद, विज्ञान प्रतियोगिता, कला, संगीत, नृत्य, नेतृत्व विकास, वक्तृत्वकला तथा उद्यमशीलताजस्ता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीले छात्रवृत्तिमा विशेष प्राथमिकता पाउनेछन्।

चैतन्य पाठशालाले आधुनिक कम्प्युटर प्रयोगशाला, व्यवस्थित पुस्तकालय, अनुशासित शैक्षिक वातावरण, जीवनोपयोगी शिक्षामा जोड, दक्ष तथा समर्पित शिक्षकद्वारा अध्यापन, प्रविधिमैत्री कक्षा, स्मार्ट बोर्ड, स्केटिङ पार्क, स्विमिङ पुल तथा फुटसललगायत पूर्वाधारलाई आफ्नो विशेषता रूपमा प्रस्तुत गरेको छ।

विद्यालयले छात्रवृत्ति फारम वितरणको अन्तिम मिति २०८३ जेठ २१ गतेसम्म तोकेको छ भने आवेदन दिने अन्तिम मिति जेठ ०५ गते रहने जनाएको छ। छात्रवृत्ति परीक्षा जेठ ०७ गते बिहान ११ बजे सञ्चालन हुनेछ।

आवेदन दिन इच्छुक विद्यार्थीले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा वा मार्कसिट, सम्बन्धित उपलब्धिको प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो पेश गर्नुपर्ने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत छात्रवृत्ति छनोट प्रक्रिया अगाडि बढाइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply