धनगढी: गोदावरी नगरपालिकाको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभामा थप ६ जना सदस्य मनोनीत गरिएको छ। बिहीबार शिक्षामन्त्री सस्मित पोखरेल को अध्यक्षतामा बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले विश्वविद्यालय ऐनको दफा ७ उपदफा २ (ठ) बमोजिम सदस्यहरू मनोनयन गरेको हो।

मनोनीत हुनेहरूमा ऐश्वर्य बहुमुखी क्याम्सपका क्याम्पस प्रमुख प्राध्यापक धर्मदेव भट्ट,जयराज अवस्थी, डा.डम्मरबहादुर पाल, हेमा भट्ट, प्रा.डा.संगीताराज भण्डारी रडा.लवदेव अवस्थी रहेका छन । अवस्थी, पाल र भण्डारी यसअघि पनि सिनेट सदस्य रहिसकेका थिए।विश्वविद्यालय ऐनअनुसार विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानवशास्त्र क्षेत्रका विज्ञलाई विश्वविद्यालय सभामा सदस्य मनोनयन गर्न सकिने व्यवस्था छ।सरकारले अध्यादेशमार्फत नियुक्त पदाधिकारीहरू पदमुक्त गरेपछि पुनः नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?