जन सम्पर्क समिति इजरायलबाट कांग्रेसको १५ औं महाधिवेशनमा पुनर्वासका बोगटी निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ भानुबस्ती घर भएका नारद बोगटी इजरायलबाट नेपाली काग्रेस को केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिले बोगटी नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यता,नेपाली काङ्ग्रेस केन्द्रिय प्रतिनिधि गुरुराज घिमिरेको विशिष्ट आतिथ्यता र निर्वाचन संयोजक खगेन्द्र प्रसाद खरेलको हस्ताक्षर भएको प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिईएको थियो ।

डोटीदेखि कैलालि विद्यार्थी राजनीति सुरु गरेका सक्रिय युवा बोगटी हालअध्ययन तथा रोजगारीको सिलसिलामा इजरायलमा बस्दै आएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचितपछि बोगटीले काग्रेस युवाहरुको लोकप्रिय पार्टी बान्ने र आफुहरु उमेरले मात्र नभै सक्षम युवाको नेतृत्व गर्ने र आफूलाई दिइएको जिम्मेवारीलाई मर्यादित ढंगले निर्वाह गर्दै आगामी दिनमा संस्थाको हित र उद्देश्यअनुसार सक्रिय भएर काम गर्ने बताएका छन्। निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top