दार्चुलाका विनोद राज जोशीले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता

दार्चुला । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै युवा नेता विनोद राज जोशीले महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। जोशीले आफूलाई ३५ वर्षमुनिका युवा समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्।

युवा पुस्ताको प्रतिनिधित्व, स्थानीय तहको सुदृढीकरण तथा दार्चुलाको समग्र विकासलाई आफ्नो प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको जोशीले बताए‘स्थानीय तह, एउटै दार्चुला’ भन्ने मुख्य ध्ययका साथ दार्चुलाको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई समेत प्राथमिकता राख्ने उनले बताए ।

युवालाई राजनीतिमा थप सक्रिय र नेतृत्वदायी भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिँदै जोशीले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा स्थानीय विकास लगायतका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।जोशीको उम्मेदवारीले कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा युवा पुस्ताको प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top