डोटीका पुस्तक व्यवसायी शाहीको अकस्मात निधन

जगत पुस्तक पसल पिपल्ला बजार दिपायल डोटीका सञ्चालक खडक बहादुर शाहीको निधन भएको छ । विहिबार राती आफ्नै घरमा सुतिरहेकै अवस्थामा अचेत बनेका शाहीले उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्य भएको परिवारजनले बताएका छन । झण्डै ३ दशकदेखि डोटीमा पुस्तक व्यवसाय गर्दै आएका शाही सुदूरपश्चिमभरिमै चर्चित पुस्तक व्यवसायी मध्ये एक थिए । उनको निधनले सुदूरपश्चिमका पुस्तक व्यवसायीहरु स्तब्ध भएका छन ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रिय सदस्य तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ डोटीका पूर्व अध्यक्ष समेत रहेका शाही डोटी उद्योग वाणिज्य संघका पूर्व सचिव पनि रहिसकेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top