दशैं-तिहारमा टाटा मोटर्सको विशेष एक्सचेन्ज अफर,पहिलो दिनमै ११ गाडी बुकिङ

धनगढी – दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै टाटा मोटर्सको अधिकृत विक्रेता जीएआरएस ट्रेडिङ धनगढीले विशेष सवारीसाधन साटफेर योजना सार्वजनिक गरेको छ।योजनाअन्तर्गत अक्टोबर ७ देखि १४ तारिखसम्म ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टाटाको चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्नेछन्।


योजनाअनुसार टाटा टियागो ईभी बुकिङ गर्ने ग्राहकले एक जनाका लागि बाली भ्रमण वा आकर्षक नगद छुटमध्ये एउटा सुविधा रोज्न सक्नेछन्। त्यस्तै, टाटा नेक्सन बुकिङ गर्ने ग्राहकका लागि दुई जनाको बाली भ्रमण वा नगद छुटको सुविधा उपलब्ध गराइएको छ।


दशैं–तिहारको अवसरमा पुरानो दुईपाङ्ग्रे सवारीसाधन साटेर नयाँ चारपाङ्ग्रे सवारीसाधनमा स्तरोन्नति गर्दै सुरक्षित, आरामदायी र आधुनिक यात्राको सुरुवात गर्ने अवसर योजनाले प्रदान गर्ने शोरुमले जनाएको छ।


जीएआरएस ट्रेडिङ कन्सर्नकी मेनेजर करीना अन्सारीका अनुसार योजनाको पहिलो दिनमै ८ वटा टियागो ईभी र ३ वटा नेक्सन गरी ११ वटा गाडी बुकिङ भएका छन्।जीएआरएस ट्रेडिङ कन्सर्नका सञ्चालक अशोक पाण्डेयले दशैंको अवसरमा पुरानो दुईपाङ्ग्रे सवारीसाधन साटेर सुरक्षित, आरामदायी र सुविधासम्पन्न चारपाङ्ग्रे सवारीसाधनमा स्तरोन्नति गर्न यो योजना उपयोगी हुने बताए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top