२३ असोज,कैलाली : धनगढीका क्रिकेटर शुधांशु रावल एनपिएलको फ्रेञ्चाइज टोली सुदूरपश्चिम रोयल्सको ट्यालेण्ट हण्टबाट छनोट भएका छन । केहिदिनदेखि धनगढीमा जारी रोयल्सको ट्यालेण्ट हण्टमा रावलले उत्कृष्ट प्रर्दशन गरेपछि उनी रोयल्स परिवारमा आबद्ध भएका हुन ।
बन्द प्रशिक्षणमा सुदूरपश्चिमका सर्यौ युवा सहभागी थिए । ट्यालेण्ट हण्टबाट खेलाडी छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक तथा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक जगत टमाटा लगायतको टोली सहभागी थियो ।
कलिला क्रिकेटर रावलले अब सुदूरपश्चिम रोयल्सको बन्द प्रशिक्षणमा सहभागीता जनाउन पाउनेछन भने अनुभवी नेपाली तथा अन्तराष्ट्रिय क्रिकेटरबाट धेरैकुरा सिक्न पाउनेछन । रावल बिहिबार नै सुदूरपश्चिम रोयल्सको बन्द प्रशिक्षणमा सहभागी भैसकेका छन । भारतको लखनउमा १० दिनको बन्द प्रशिक्षणपछि रावल एनपिएलका लागि काठमाण्डौं जानेछन ।

सानै उमेरदेखि क्रिकेटमा असाध्यै रुची भएका रावलले सुदूरपश्चिममा आयोजना गरिएका उमेर समूहका दर्जनौं प्रतियोगीतामा सहभागीता जनाएर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन । छोरा ट्यालेण्ट हण्टबाट छनोट भएपछि उनका बुवा दिपक रावलले खुशी व्यक्त गर्दै भने पछिल्लो समय छोरा निकै सकारात्मक र आत्मविश्वासी भएर खेलिरहेको छ,यस्तै अवसर पाउँदै गए उसले लय समात्नेमा ढुक्क छु ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?